News & Notice

Three-Day Orientation Program on Enhancing Tourism and Hospitality Service Quality Concludes in Budhanilkantha; Certificates Awarded to Participants

Three-Day Orientation Program on Enhancing Tourism and Hospitality Service Quality Concludes in Budhanilkantha; Certificates Awarded to Participants

बुढानीलकण्ठमा पर्यटन तथा आतिथ्य सेवा गुणस्तर अभिवृद्धिका लागि ३ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न, सहभागीलाई प्रमाणपत्र वितरण

बुढानीलकण्ठ नगरपालिका तथा बुढानीलकण्ठ पर्यटन बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको "पर्यटन तथा आतिथ्य सेवा गुणस्तर अभिवृद्धिका लागि ३ दिने अभिमुखीकरण कार्यक्रम" सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा नेदरल्याण्ड्सका पर्यटन तथा आतिथ्य क्षेत्रका विज्ञ Mr. Jean Van Der Hoeven ले सहजकर्ताका रूपमा प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो। उहाँले अन्तर्राष्ट्रिय स्तरका पर्यटन तथा आतिथ्य सेवाका अभ्यास, सेवा गुणस्तर सुधार, पर्यटकमैत्री व्यवहार तथा गन्तव्य व्यवस्थापनका विविध पक्षमा सहभागीहरूलाई व्यावहारिक तथा प्रभावकारी प्रशिक्षण प्रदान गर्नुभयो।

समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रवक्ता नवराज भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। उहाँले पर्यटन क्षेत्रको विकासका लागि दक्ष जनशक्ति, गुणस्तरीय सेवा र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले बुढानीलकण्ठलाई उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूलाई सफलतापूर्वक प्रशिक्षण पूरा गरेको प्रमाणस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो। साथै, आयोजकले प्रशिक्षक, अतिथि तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि पर्यटन तथा आतिथ्य सेवा क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।